दैनिक २ लाख बढी संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ४६ लाख ४० हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ८ हजार ८ सय ५७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ८७ लाख ७४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय १६ जनाको मृत्यु भएको छ भने २ लाख २० हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४१२
ब्राजिल -७१६
रसिया -९५
बेलायत -२७
इटली -३
पेरु -१८९
भारत -६७५
इरान -२०९
चिली -५८
पाकिस्तान -४६
साउदी अरेबिया -३९
मेक्सिको -५७८
क्यानडा -४
कतार -३
कुबेत -१
टर्की -१६
जर्मनी -१
बंगलादेश ३-७
बेलारुस- ४
युक्रेन -८
दक्षिण अफ्रिका -८५
कोलम्बिया- २२०
इक्वेडर -३१
फिलिपिन्स -५८
पोर्चुगल -५
ओमान -१०
युएई- १
इजिप्ट -५१
इन्डोनेसिया- १२७
इराक -९०
पोल्याण्ड -६
पानामा -२५
अर्जेन्टिना -४०
डेमोसियन रिपब्लिक -१०
इजरायल -८
बोलिभिया -५७
अल्जेरिया -१०
माल्दोभ -४
सर्बिया -११
अजरबैजान- ५
ग्वाटेमाला -३६
घाना -३
उज्वेकिस्तान -२
मोरक्को -४
दक्षिण कोरिया -१
चेक्भिया -१
आइभरी कोस्ट -१
अस्ट्रेलिया -४
सुडान -२०
केन्या -९
भेनेजुयला -२
किर्गिस्तान -१०५
नर्थ मेसोडोनिया -८
सेनेगल-४
बोस्निया -३
डिआरसी -१
प्यालेस्टाइन -३
मलेसिया -१
बुल्गेरिया -१
कोस्टा रिका -८
इथियोपिया -४
एल साल्भाडोर -१
मडागास्कर -४
ताजिकिस्तान १
पाराग्वे -२
अल्वानिया -१
मलावी -४
मोन्टेग्रो -२
स्लोभेनिया- १
यमन -२
सुरीनाम -१
नामिबिया- १
(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com