यो साता विदेशमा १६ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको हो । यस्तै, विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको समितिले जनाएको छ । जुन संक्रमितमध्ये ९३ प्रतिशत निको भएका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com