अर्घाखाँचीमा स्करपियो दुर्घटना : एक जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

अर्घाखाँचीमा स्करपियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्कतर्फ आउँदै गरेको बा १५ च २७०६ नम्बरको स्करपियो शनिबार बेलुका जीप शितगंगा नगरपालिका–३ को रिपाहा पाखामा दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकारी प्रकाश खत्रीले बताए ।

मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो । दुर्घटनामा चालक घाईते भएका छन् । घाइते चालक काभ्रे जिल्ला पांचखाल नगरपालिका- १३ का २३ वर्षीय लिला तामाङको स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्करपियो सडकदेखि ५ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com