नेकपाका नेतामाथिमा बम प्रहार


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

नेकपाका स्थानीय नेता तथा पूर्व गाबिस अध्यक्ष सुवरण यादवमाथि गएराति बम प्रहार भएको छ । सिरहा जिल्लको औरही गाउँपालिका–५ का उनलाई गएराति सुतिरहेको ठाउँमै बम प्रहार भएको हो ।

उनीमाथि अपरिचित समुहले बम प्रहार गरेको बताइएको छ । बम प्रहारबाट उनको शरीरका धेरै ठाउँमा चोट लागेको छ । बम प्रहारपछि बेहोस भएका उनलाई उपचारको लागि राति नै लाहान लगिएको छ । प्रहरीको टोली गएराति नै घटनास्थल पुगेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com