अफगानिस्तानमा तालिबानविरुद्धको कारबाहीमा २७ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/1594911137c6bd7350fbcc4ccbaa41f511cb1d0b.jpg?fit=800%2C450&ssl=1)
अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ । अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् ।
अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो । उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।
सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते पनि भएका जनाइएको छ । जारी यस कारबाहीका क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन । मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको समाचारमा उल्लेख छ । -एजेन्सी