नेल्सन मण्डेलाकी छोरी जिन्जीको निधन


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जीस्वा ‘जिन्जी’ मण्डेलाको ५९ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्धमन्त्री नालेडा पान्डोरले जोहानेबर्गमा उनको निधन भएको पुष्टि गरेका हुन् । पान्डोरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जिन्जीलाई अश्वेत आन्दोलनमा नायक नेल्सन मण्डेलाकी छोरी भएकाले मात्र नभई आफ्नो अधिकारका लागि संघर्ष गर्ने एक ‘हिरोइन’ को रुपमा सम्झिरहने छौं ।”

जिन्जी नेल्सन मण्डेला र उनकी दोस्रो श्रीमती विनी माडिकिजेलाकी कान्छी छोरी हुन् । उनको जोहानेसबर्ग अस्पतालमा आइतबार राति निधन भएको थियो ।

उनको मृत्युको कारण भने खुलाइएको छैन । उनी डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूतसमेत थिइन् । नेल्सन मण्डेलाले नेतृत्व गरेको पार्टी अफ्रिकन नेसनल कंग्रेसले उनको मृत्युप्रति श्रद्धाञ्‍जली अर्पण गरेको छ ।

उनले दक्षिण अफ्रिकी सामाजिक, राजनीतिक र आर्थिक विषयहरुमा वकलात गरेकी थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com