प्रसव पीडामा रहेकी महिलाको निःशुल्क हवाई उद्धार


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

सुत्केरी व्यथा लागेर अर्धबेहोस रहेकी पञ्चदेवल विनायक नगरपालिकाकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । शनिबारबाट सुत्केरी व्यथा लागेर आइतबार बिहान अछाम जिल्ला अस्पताल पुर्याइएकी पञ्चदेवल विनायक नगरपालिका–८, बारलाकी २१ वर्षीया रमना विकलाई मङ्गलसेनबाट सुर्खेत हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

गर्भवती अर्धबेहोस भएका कारण जिल्लामा सुत्केरी गराउन जोखिम हुने भएकाेले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत विकको उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । शनिबार दिउँसोबाट सुत्केरी व्यथा लागे पनि राति जिल्ला अस्पताल ल्याउन नसकिएपछि आइतबार बिहान अछाम जिल्ला अस्पतालमा पुर्याइएको थियो ।

बेहोस अवस्थामा रहेकी महिलालाई बच्चा जन्माउने उपकरण र जनशक्तिको अभावमा बाहिर पठाउन पठाउनुपरेको अछाम जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्वाजले जानकारी दिनुभयो । “सुत्केरी व्यथा लागेको २४ घण्टा बढी भइसकेको थियो, बेहोस अवस्थामा भएकोले उहाँको जिल्लामा बच्चा जन्माउन सकिएन ।” डाक्टर भारद्वाजको भनाइ छ । गर्भवतीमा उच्च रक्तचापका कारण बेहोस हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । रमनाले बारलाको स्वास्थ्य चौकीमा गर्भवतीले लिनुपर्ने सबै सेवा लिएको उक्त स्वास्थ्य केन्द्रका प्रमुख जितेन्द्र केसीले जानकारी दिनुभयो ।

लकडाउन अवधिमै अछाम जिल्लामा पाँच जना गर्भवती तथा सुत्केरीको आपतकालीन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निशुल्क हवाई उद्धार गरिएको छ । हवाई उद्धार गरिएकामध्ये रामारोशन गाउँपालिका–६ की सुत्केरी ढिलो स्वास्थ्य संस्थामा आएका कारण कोहलपुरमा मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com