संक्रमितदर घट्यो, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ३० लाख ३४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ७१ हजार ५ सय १८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७५ लाख ८१ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्ला दिनहरुको तुलनामा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -३८०
ब्राजिल -६५९
रसिया -१३०
बेलायत -२८
इटली -९
पेरु -१८८
भारत -५००
इरान -१९४
चिली -९८
पाकिस्तान -७४
साउदी अरेबिया -४२
मेक्सिको -५३९
क्यानडा -१०
कतार -१
कुबेत -४
टर्की -१९
बंगलादेश -४७
बेलारुस -५
दक्षिण अफ्रिका -१०८
कोलम्बिया -१८८
यूएई -२
इक्वेडर -१६
कजाकस्तान -२१
पोर्चुगल -६
ओमान -९
युक्रेन -११
इजिप्ट -८९
इन्डोनेसिया- ७१
इराक -९५
पोल्याण्ड- ३
पानामा -१६
अफगानिस्तान -१६
बहराइन -४
अर्जेन्टिना -३५
डेमोसियन रिपब्लिक -१७
रोमानिया -१५
नाइजेरिया -१६
अर्मेनिया -६
इजरायल -८
होन्डुरस -२१
बोलिभिया -५२
अल्जेरिया -७
माल्दोभ -२
आइभरी कोस्ट -२
केन्या -१
किर्गीस्तान -७
अस्ट्रेलिया -१
अजरबैजान -८
घाना -४
ग्वाटेमाला -४७
सर्बिया -११
अस्ट्रिया -२
मोरक्को -५
दक्षिण कोरिया -१
उज्वेकिस्तान -३
नर्थ मेसोडोनिया -६
सेनेगल -३
हाइटी -४
बोस्निया -२
बुल्गेरिया -१
कोस्टा रिका -२
इथियोपिया -३
एल साल्भाडोर- ६
भेनेजुयला -४
प्यालेस्टाइन -३
लक्जमवर्ग -१
मडागास्कर-१
क्रोएसिया -१
अल्वानिया -४
सोमालिया -१
पाराग्वे- १
मलावी -५
यमन -५२
लिब्या- १
इस्वात्तिनी -२
उरुग्वे -१
लाईबेरिया -४
चाड -१
अंगोला- २
लोसेथो -१

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com