क्षतिको अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड चितवनमा


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुग्नु भएको छ । प्रचण्डले भरतपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा बाढीले भत्काएको बा“धको अवलोकन गर्नुभएको छ ।

स्थानीय र बाढी पीडितलाई भेटीसकेपछि अध्यक्ष प्रचण्डले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने बताउनुभयो ।

प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसंग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड त्यहांको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर अहिले माडीतर्फ लाग्नुभएको छ । प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको विषय समाधान हुनेतर्फ कुरा अघि बढेको पनि बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com