सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर लगायतका कलाकारमाथि दायर गरिएको मुद्दाको निवेदन विहार अदालतले खारेज गरेको छ ।
मुख्य न्यायिक मजिस्ट्रेट मुकेश कुमारले यो मुद्दा अदालतको क्षेत्राधिकार बाहिर रहेको बताउँदै स्थानीय अधिवक्ता सुधीरकुमार ओझाले दिएको याचिका खारेज गरेका हुन् । अधिवक्ता ओझाले सुशान्तको आत्महत्या भएको ३ दिनपछि नै यी कलाकारविरुद्ध मुद्दा दर्ता गराएका थिए । नेपोटिजमका कारण सुशान्त डिप्रेसनमा गएको र यसका कारण सलमान लगायतका कलाकार भएको भन्दै उनले मुद्दा हालेका थिए ।
जसमा उनले नेपोटिजमबारे चर्को विरोध गरिरहेका अभिनेत्री कंगनालाई साक्षी राखेका छन् ।सीजीएमको आदेशलाई अस्विकार गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “म सीजीएमको निर्णयलाई जिल्ला अदालतमा गएर परिवर्तन गराउने छु । सुशान्त सिंह राजपुतको निधनमा विहार पीडामा छ । यस्तो कदम चाल्न बाध्य बनाएका सुशान्तको न्यायका लागि हामीले ती व्यक्तिहरूलाई अगाडि ल्याउनै पर्छ ।”
सुशान्तको आत्महत्या नभई योजनाबद्ध निधन रहेको भन्दै शेखर सुमन, मनोज तिवारी लगायत थुप्रै कलाकारहरू सुशान्तको आत्महत्याको सीबीआई जाँच गर्न माग गरिरहेका छन् ।
सुशान्तको आत्महत्याको कारण अझै अन्योल नै छ । (इन्डियन एक्सप्रेस)
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।