ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सर्वसाधारणको आवत–जावतलाई सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको समितिको बैठकले यातायातसँग आबद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँगको छलफलपछि विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोरोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले तयार पारेका मापदण्ड पूरा हुने गरी ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवाला मजदुर सङ्गठन र व्यावसायिक सङ्गठनका पदाधिकारीले बन्दाबन्दीका कारण मजदुरको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थितिको सिर्जना भएको, व्यवसायीहरूले ऋण तिर्न नसकेका लगायतका समस्याबारे जानकारी गराउनुभएको थियो । असार १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com