एनआरएनए अमेरिकाको निर्वाचन समिति संयोजकमा बराल


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन समिति संयोजकमा विश्व बराल चयन भएका छन् । हालै सम्पन्न नवौ साधारण सभाले बराललाई निर्वाचन समितिको संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

जुलाई ३ देखी ५ तारिख सम्म सम्पन्न साधारण सभाले पाँच सदस्यीय निर्वाचन समिति बनाएको छ । समितिको सदस्यहरुमा बासु फुलारा, गोविन्दकुमार श्रेष्ठ, कुल आचार्य, र शिवराज पौडेल छन् । बराल अघिल्लो निर्वाचन समितिको समेत संयोजक थिए । एनआरएनए अमेरिकाका बिभिनन समितिमा रहेर काम गरिसकेका बराल सामाजिक काममा समेत सक्रिय निकै छन् । पेशाले इन्जिनियर रहेका बरालले विगतका निर्वाचनहरू समेत सफल रूपमा सम्पन्न गरेका कारण पुनः संयोजक चयन गरिएको हुन सक्छ ।

निर्वाचन समितिको सल्लाहकार चयन भएपछि खसोखाससंग संक्षिप्त प्रतिकृया दिँदै बरालले भने, सबैको सहयोगमा आगामी निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । बरालले भने, हामी सबैको साझा संस्था एनआरएनले मलाई जुन विश्वासका साथ जिम्मेवारी दिएको छ, त्यो म निश्पक्ष ढंगले पुरा गर्नेछु ।

कास्की पोखरा स्थायी घर भएका बराल कास्की समाज अन्र्तराष्ट्रिय समितिको सल्लाहकार समेत हुन् । यसैगरी उनि एनआरएनए अमेरिका न्यूजर्सी च्याप्टरको सल्लाहकार लगायत अन्य बिभिन्न संघ सस्थामा कार्यरत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com