गोरुसिङ्गे-सन्धिखर्क सडक आजदेखि दैनिक ८ घण्टा बन्द


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किमी सडक दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि ६ बजे सम्म बाटो बन्द गर्ने गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

यस्तै बैठकले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अत्यावश्यक र संवेदनशिल सवारी साधनलाई भने तत्काल बाटो खोलि दिनुपर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com