जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई गरियो पदमुक्त


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई वर्तमान सभापति आनन्द बिष्टले एक पत्र काटेर कार्यसमिति सदस्यबाट पदमुक्त गरिएको जानकारी दिएका छन् । खसोखासलाई प्राप्त बिष्टले सुवेदीलाई पठाएको उक्त पत्रमा जुलाई ३ देखि लागु हुनेगरी पदमुक्त गरेको जनाइएको छ ।

सुवेदीलाई सन् २०१५ को अक्टोबर ७ मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । तर समितिमा आपसी भाइचारा र मित्रवत सम्बन्ध प्रगाढ बनाउने, सांगठिनक एकता र सदभाव कायम गर्ने लगायतका विषयमा समितिको साझा भावना विपरित काम गरेको भन्दै सुवेदीलाई पदमुक्त गरिएको हो ।

पत्रमा अगाडि भनिएको छ – ‘तपाईले समितिको साझा भावना विपरित काम गर्नुभएको र समितिको कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुनु भएकोले यही मिति जुलाई ३ देखि लागु हुनेगरी तपाईलाई मनोनित गरेको पदबाट मुक्त गरेको छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com