नेपालमा कोरोना संक्रमण हुनेको संख्या क्रमशः घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चार जिल्ला कोरोनामुक्त भएका छन् ।
तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लाका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनामुक्त भएका हुन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेको छ । पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशत निको भएका छन् । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या पनि निरन्तर घटिरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।