ओली-प्रचण्ड बीचको वार्ता सकियो, के भयो कुरा ?


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा भित्र पछिल्लो समयमा देखिएको आन्तरिक विवाद अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच भोलि बुधबार बिहान पुनः वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि बिहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

त्यसअघि दुई अध्यक्षबीच छलफल हुनेछ । पार्टीभित्र चुलिएको विवादलाई निकास दिनेगरी सक्रिय रहनुभएका अध्यक्षद्वयले भोलिसम्म सहमतिमा पुग्ने अध्यक्षका सचिवालयका सदस्यहरूको विश्वास छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com