सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, १६ घण्टामा २ करोड बढीले हेरे


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर रिलिज भएको छ । १६ घण्टा अगाडी रिलिज भएको ट्रेलर २ करोड १० लाख बढी पटक हेरिसकेका छन् । अहिले युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ ।

ट्रेलरलाई धेरैले मन पराएका छन् । अहिलेसम्म ४४ लाख जनाले लाईक गरेका छन् भने १३ हजारले डिस लाईक गरेका छन् । २ लाख ५५ हजार बढी प्रतिक्रिया आएको छ । धेरैले राम्रो र उत्कृष्ट रहेको बताएका छन् । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्तका उत्कृष्ट डायलग छन् । उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com