युएससीआईएसमा साढे ३ लाख एसाइलम पेन्डिङ, अदालतमा नेपालीका पेन्डिङ मुद्दा ३८ सय


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अमेरिकी सरकारको युएससीआईएसमा सन् कम्तीमा सन् २०१५ देखिका झण्डै साढे ३ लाख एसाइलम आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । नयाँ एसाइलम आवेदकको अन्तरवार्ता छिटो दिने नीतिका कारण पुराना आवेदनहरु थन्किएर बसिहरेका छन् ।

युएससीआईएसको तथ्यांक अनुशार सन् २०१५ को अन्तिमसम्ममा १ लाख २८ हजार ३ सय ७ एसाइलम आवेदनहरु पेन्डिङ अवस्थामा रहेका थिए । तर सन् २०१९ को अन्तिमसम्म आइपुग्दा ३ लाख ३८ हजार ९ सय ३१ आवेदनहरु पेन्डिङ अवस्थामा रहेका थिए ।

४ बर्षको अवधिमा पेन्डिङ एसाइलमको आवेदनको संख्या २ लाख १० हजार ६ सय २४ ले बृद्धि भएको छ । अर्थात् झण्डै १ सय ६४ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै अमेरिकाभरका अदालतहरुमा झण्डै ११ लाख ६० हजार इमिग्रेशनका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । त्यसमध्ये नेपालीका एसाइलमका मुद्दाहरु झण्डै ३८ सय रहेका छन् ।

अमेरिकी अदालतमा पेन्डिङ अवस्थामा रहेका नेपालीका मुद्दामध्यै सबैभन्दा धेरै न्युयोर्कका अदालतमा झण्डै २ हजार र क्यालिफोर्नियाका अदालतमा झण्डै एकहजार रहेका छन् । टेक्सासमा ३ सयको हाराहारीमा र मासाचुसेट्समा १ सयको हाराहारीमा पेन्डिङ मुद्दाहरु रहेका छन् । अन्य राज्यमा नेपालीका पेन्डिङ एसाइलम एकसयभन्दा कम छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com