बालिका बलात्कार गरी हत्या अभियोगमा भारतीय नागरिक पक्राउ


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

बालिकालाई बलात्का’र गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिकलाई प’क्राउ गरेको हो ।

भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । बालिकाको हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको अभियुक्तले स्वीकार गरेको प्र’हरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com