स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर–४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो ।

गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले बताइन् । महिलासँग उपप्रमुख शीर्षकमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाख बजेटबाट नगरपालिकाका नौवटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको उनले सुनाइन्।आयआर्जन कार्यक्रमअन्तर्गत कौसी खेती, अचार बनाउने, जुत्ता सिउने, विभिन्न सामान बुनाईलगायत सीपमूलक तालीम दिइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका करिब ३०० महिला यो तालीमबाट घरमै बसेर स्वआर्जन गर्न सक्षम भएका छन् । शैक्षिक सामग्री वितरण गर्न शुक्रबार आयोजित कार्यक्रममा नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठलगायतले निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान दिएको बताए ।

नगरपालिकाको सहयोगमा महाविद्यालयमा अध्ययनरत ४२ जना बुहारी एवं छोरीलाई किताब, कापी, झोलालगायत शैक्षिक सामग्री दिइएको हो । वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि रु एक/एक लाख सहयोग गरेको जनाइएको छ । नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्थासमेत मिलाइएको छ । महाविद्यालयको पूर्वाधार निर्माणका लागि पनि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पनि महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिइने छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com