कोरोनाबाट नेपालमा थप १ को मृत्यु, मृतकको संख्या ३२


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ती वृद्ध छाती दुखेको र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com