भारतमा कोरोना संक्रमणबाहेकका रोगबाट मृत्य हुने मानिसको संख्या बढ्यो


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

विश्वभर कोरोना भाइरसका कारण मानिसहरुको अत्यधिक मृत्यु भएको तथ्यांहरु आइरहेका बेला भारतमा नयाँ किसिमको तथ्यांक सार्वजनिक भएको छ । भारतमा कोरोना संक्रमणबाहेकका रोगबाट मृत्यु हुने मानिसको संख्या बढेको छ ।

यस तथ्यांकमा कोरोना भाइरस संक्रमणको महामारीले स्वास्थ्यका अन्य क्षेत्रमा प्रभाव पारेको बताइएको छ । चिकित्सकका अनुसार पश्चिमी गुजरातमा गम्भीर बिरामी हुँदा पनि मानिसहरु अस्पताल नजाने गरेको र अस्पताल गएमा कोरोना सर्छ भन्‍ने डरका कारण कोरोना संक्रमणबाहेकको रोगबाट मानिसहरुको मृत्यु हुने संख्या बढिरहेको छ ।

२४ वटा शवदाहगृह र चारवटा ठूलो मुस्लिम कब्रिस्तानबाट लिइएको तथ्यांक अनुसार अप्रिलमा ३ हजार ५५८ जनाको मृत्यु भएको पाइएयो भने मेमा ७१५० जनाको मृत्यु भएको पाइएको हो । यही समयमा गत वर्ष अप्रिलमा २ हजार ७८४ जनाको मृत्यु भएको थियो भने मेमा २ हजार ७०६ जनाको मृत्यु भएको थियो ।

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका सामुदायिक स्वस्थ्यका प्रोफेरस डा. राजिव दास गुप्ताले यो तथ्यांकले अन्य मुलुकहरुमा पनि यस्तो हुनसक्ने देखाउँछ र अन्य मुलुकका लागि पनि अशुक संकेत भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com