प्रधानमन्त्री ओली संग भेट गरेसगै किन पुगे प्रचण्ड शीतल निवास ?


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास जानुभएको छ ।

उहा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली संग भेट गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो।

नेकपा स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको बालुवाटार स्रोतले जनाएको छ । यसले अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएको आशंका गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com