बाटोमा पर्ने देशमा एसाइलम नगर्नेलाई अमेरिकामा एसाइलम नदिने नीति कार्यान्वयनमा रोक


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

अमेरिकी अदालतले ट्रम्प प्रशासनको एसाइलम प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएलगत्तै अध्यागमन अधिकारीहरुलाई ट्रम्प प्रशासनको एसाइलम प्रतिबन्ध कार्यान्वयन नगर्न सर्कुलर गरिएको छ । अदालतको आदेश कार्यान्वयन गर्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन अधिकारहरुलाई नयाँ निर्देशिका पठाएको हो ।

संघीय न्यायाधिसले मंगलबार अबेर तेश्रो देश ट्रान्जिट नीति कार्यान्वयन नगर्न आदेश दिएका थिए । यो नीति एसाइलम प्रकृयाको सुरुवाती चरणको क्रेडिबल फियर अन्तरवार्ताका क्रममा लागु गरिदै आएको थियो । यो नीति अनुशार विना भिसा आएर अमेरिकामा एसाइलम खोज्नेलाई अमेरिका आउने क्रममा बाटोमा परेको देशमा पहिले एसाइलमका लागि आवेदन दिएको र अस्वीकृत भएको हुनुपर्ने प्रावधान रहेको थियो ।

मंगलबार राती युएस डिस्ट्रिक्ट न्यायाधिस तिमोथी केलीले उक्त नियम ट्रम्प प्रशासनले गैरकानुनी रुपमा ल्याएको बताएका थिए । यो नीति अनुरुप बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत नभएकालाई अमेरिकामा एसाइलम लिन मुस्किल भएको थियो ।

बुधबार अध्यागमन अधिकारीहरुलाई सर्कुलर जारी गरेर क्रेडिबल फियर अन्तरवार्ताको नतिजा प्राप्त नगरिसकेकाहरुका सन्दर्भमा समेत एसाइलम प्रतिबन्धको नियम कार्यान्वयन नगर्न भनिएको छ । यद्यपी कोरोनाको महामारीको कारण देखाउँदै अमेरिकी सरकारले सिमाक्षेत्रमा एसाइलम खोज्ने हजारौंलाई फर्काइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com