बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट आउने मूल्यसूची बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

मुल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com