न्युयोर्कका अध्यागमन अदालत जुलाई २० अगाडि नखुल्ने


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा जुलाई १७ सम्म नखुल्ने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा जुलाई १७ सम्म बन्द रहनेछन् ।

यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

जुलाई १७ मा शुक्रबार भएका कारण अब न्युयोर्क सिटीमा रहेका अध्यागमन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि जुलाई २० अगाडि खुल्ने कुनै सम्भावना रहेको छैन । तर नेवार्कमा रहेको अध्यागमन अदालत भने जुलाई १३ बाट हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि समेत खुल्नेछ । बाल्टीमोर र डेट्रोइटको अध्यागमन अदालत पनि हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि जुलाई १३ मै खुल्ने तय भएको छ ।

त्यस्तै जुलाई ६ देखि शिकागो, क्लीभल्याण्ड, फिलाडेल्फिया, साइपन र सान डिएगोका अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि पनि खुल्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com