मलेसियबाट थप ७ हजार नेपाली फर्कन चाहने
प्रकाशित मिति : असार १४, २०७७ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2019/03/malaysiaa_cOn1xErerd.jpg?fit=1000%2C587&ssl=1)
कोरोनाको विश्वव्यापी प्रभावसँगै रोजगारीका लागि विदेशिएकाहरू स्वदेश फर्किने क्रम जारी छ ।
रोजगरीका निम्ति मलेसियामा रहेको नेपालीहरू चार्टर्ड उडानमार्फत स्वदेश फर्कने कार्य जारी छ । मलेसियामा रहेको नेपाली दूतावासले आज मात्रै ७ हजार १ सय २७ नेपालीको विवरण सार्वजनिक गरेको छ ।
फिलिपिन्स र ब्रुनाईबाट स्वदेश फर्कन चाहने १८९ जनाको नाम सर्वजनिक गरिएको छ । यस्तै इन्डोनेसियाबाट फर्कन चाहने ९ नेपालीको नाम मलेसियामा रहेको दूतावासले सार्वजनिक गरेको छ ।
दूतावासले तत्काल स्वदेश फर्कन चाहनेका लागि फारामसमेत भर्नको अनुरोध गरेको छ । उक्त फाराम पहिले भरेकाहरूले पनि पुनः भर्नुपर्ने भएको छ । नेपाल फर्कनेहरूले हवाई भाडा, होटल क्वारेन्टिन र स्थानिय यातायातको खर्च आफैं व्यहोर्नुपर्नेसमेत दूतावासले जनाएको छ ।