सवारी दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

सवारी दुर्घटनामा परी रुपन्देहीमा पत्रकार कृष्णबावु पाण्डेको मृत्यु भएको छ । न्यूज२४ टेलिभिजनमा कार्यरत ३० वर्षीय पत्रकार पाण्डे शनिवार राति पौने १२ बजे सवारी दुर्घटना परी गम्भीर घाइते भएका थिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार पाण्डेले आफैँले चलाएको कार दुर्घटनामा परी मृत्यु भएको हाे ।

प्रहरीका अनुसार बुटवलबाट घर फर्कदै गर्दा सिद्धार्थ राजमार्गको ड्राइभरटोलमा उनी सवार कार दुर्घटनामा परेको हो । उनले चलाएको बा७च ६९५९ नम्वरको कार अनियन्त्रित भइ रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

घाइते भएका पाण्डेको राती पौने एक बजे बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

स्थायी घर स्याङ्जाको बिर्घा रहेका पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो । पाण्डे विगत ५ वर्षदेखि न्यूज२४ टेलिभिजनमा कार्यरत थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com