नेकपाको स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि मदन जयन्ती तथा पर्सी असार १५ दहि चिउरा खाने दिन भएकोले १६ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकमा शनिबार सीमाबारे छलफल भएको थियो । जसमा २१ जना सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकमा देवेन्द्र पौडेल, गिरिराजमणि पौडेल, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङलगायतले विचार राखेका थिए । अधिकांश सदस्यले नक्सा सार्वजनिक गरेको भन्दै सरकारको प्रशंसा गरेका थिए ।

उनीहरुले भारतसँगको सीमा समस्या समाधानका लागि वार्तामा सरकारले अधिकतम पहल गर्नुपर्नेमा जोड दिएका थिए । आजको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ महसुस भएको भन्दै केहीबेर बसेर निस्केका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com