कोरोनाको कहरबीच गृहजिल्लामा झापाली समाज अष्ट्रेलियाको सहयोग


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

झापाली समाज अष्ट्रेलियाले गृहजिल्ला झापामा कोभिड १९ को महामारीको बेला विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै बैशाख ६ गते अष्ट्रेलियामा बसोबास गर्ने भद्रपुर र चन्द्रगढीबासी झापालीहरु मिलेर अध्यक्ष उमेश पोखरेलको अगुवाईमा भद्रपुर नगरपालिका वडा नं ५ का बिपन्न परिवारलाई रु ८०,००० बराबरको खाद्यान्न वितरण गरिएको जनाएको छ । यस्तै भद्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा थप राहत प्रदान गर्नको निमित्त नगरपालिकाका मेयर जीवन श्रेष्ठलाई रु ७५,००० नगद प्रदान गरिएको थियो । अध्यक्ष पोखरेलले एमएनटीभीसँग भने प्रतिकुल समयमा दैनिक ज्यालादारी गरि घर चलाउने श्रमिकहरु अत्यन्त मारमा परेको खबर सुन्ना साथ अनारमनी बसोबास गर्ने अष्ट्रेलियाका झापालीहरुले हातेमालो गर्दै बिर्ताबजारमा जेष्ठ ६ गते १२०० जनालाई निशुल्क खाना खुवाईएको जानकारी दिए ।

आफ्ना सदस्यहरुबाट आर्थिक संकलन गरी झापामै कोरोनाको सर्वाधिक असर परेको क्षेत्रको पहिचान गर्दै सल्लाहकार कर्ण राजबंशी र सदस्य भिष्म ओलीको उपस्थितीमा भद्रपुर नगरपालिकाको क्वारान्टिनमा बसेकालाई अत्यन्त आवश्यक तातोपानी तताउने बिधुतिय केट्ली ५० थान र ५० वटा सिसाको ग्लास कोभिड(१९ महामारी सकिए पछि पनि बिभिन्न स्वास्थ्य बिभागमा उपयोगमा आउने गरि हस्तान्तरण गरेको थियो । कार्यक्रममा मेयर जीवन श्रेष्ठ लगायत उपमेयर चन्द्रा श्रेष्ठ, बिदुर बोर्डिंगकी प्रिंसिपल मणिदेवी भट्टराई, समाजसेवी बासुदेव पोखरेलको उपस्थिती थियो। सहयोग गर्ने क्रम जारी राख्दै आषाढ ७ गते झापाको कोरोनाले धेरै असर गरेको कचनकवल गाउपालिका ६ वनियानीमा मा रु ७०,००० बराबरको खाध्यान्न सामाग्री वडाध्यक्ष कुल बहादुर कार्कीको उपस्थितीमा वितण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्षले यो संकटको घडीमा सहयोग प्रदान गर्ने विदेशका वस्ने झापालीहरुले जिल्लावासीलाई गरेको सहयोग अतुलनिय एवं अनुकरणीय रहेको बताउदै अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए । समाजका सचिव अशोक उप्रेती र सल्लाहकार रुपराज मैनालीका अनुसार मेचीनगर नगरपालिकालाई कोरोना भाइरस९कोभिड–१९० को परीक्षणका लागि ७५ हजार रुपैयाँ मूल्य बराबरको २ सय थान भिटिएम किट र १०२८ थान सर्जिकल मास्क प्रदान गरिएको थियो । नगरप्रमुख बिमल आचार्यले कोरोना महामारीको सामना गर्न नगर सरकारले उच्च सावधानी अपनाएको प्रतिक्रिया दिँदै सहयोगी संस्थाप्रति आभार प्रकट गरे ।

सहयोग हस्तान्तरण अभियानलाई जारी राख्दै केही दिन भित्र विर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाका विपन्न परिवारलाई खाध्यान्न हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष पोखरेल बताउछन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढी होस् वा भुकम्प, आर्यघाट निर्माणमा होस वा एम्बुलेन्स सहयोग, बाढीपिडितको लागी घर निर्माण होस वा कोरोना पिडितको लागी ल्याव निर्माण, शैक्षिक क्षेत्र होस वा खेलकुद क्षेत्र हरेक ठाउमा झापाली समाज अष्ट्रेलियाले प्रत्यक्षरूपमा आफैले वा अन्तराष्ट्रिय झापाली समाजसँग सहकार्य गर्दै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको र यि अभियानहरुमा अष्ट्रेलिया लगायत विश्वमा बसोबास गर्ने झापालीहरुको एकता र सहकार्य देख्दा गर्व महसुस भएको अन्तराष्ट्रिय झापाली समाजका संरक्षण दिनेश पोखरेलले बताए ।

एकका लागि एक अभियान’ अन्तर्गत झापाका १५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई एक सयका दरले ३ हफ्ता अघि पिसिआर टेस्ट ट्युब प्रदान गरिएको कार्यक्रममा रु १ लाखको सहयोग गर्नुको साथै अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको र निर्माणको प्रारम्भिक चरण शुरु भई सकेको पिसिआर ल्यावका लागी मेसिन प्रदान गर्ने अभियानलाई आफ्नो तर्फबाट उल्लेखनीय सहयोग हुने प्रतिवद्दता आएको बताउछन् झापाली समाज अष्ट्लियाका पुर्व अध्यक्ष तथा अन्तराष्टिय झापाली समाज, पिसिआर ल्याव सहयोग समितिका संयोजक दिपक खनाल । यो अभियानका लागि अन्तर्राष्ट्रिय झापाली समाजले रु २५ लाखको सहयोग गर्ने घोषणा केही दिन अघि मात्र गरेको थियो

अष्ट्रेलियामै पनि समाजले कोरोनाका कारण पीडित बनेका विधार्थीहरुलाई खाध्यान्न बितरण गर्नुको साथै एनआरएनए अष्ट्रेलिया मार्फत गरिएको विधार्थी सहयोग अभियानलाई पनि ४५०० डलर सहयोग गरेको उपाध्यक्ष अशोक ओलीले बताए । उनले भने, सबै अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने समस्त अग्रज, साथीभाईहरु, दिदिबहिनी, आमाबुवा लगायत सहयोगी मनहरुलाई धन्यवाद छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com