रक्तस्राव हुनथालेपछि सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/06/helicoptor.jpg?fit=810%2C538&ssl=1)
अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो ।
बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पताल पठाइएको उनले बताए । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।