एसाइलम अस्वीकृत भएमा संघीय अदालत जान नपाइने सर्बोच्चको निर्णय


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

एसाइलम आवेदन अस्वीकृत भएमा संघीय अदालतमा जान नपाइने अमेरिकाको सर्बोच्च अदालतले निर्णय गरेको छ । सर्वोच्चको यो निर्णयले अब ट्रम्प प्रशासनलाई एसाइलम अस्वीकृत हुनेलाई तीब्र गतिमा देश निकाला गर्न ग्रिन सिग्नल प्राप्त भएको छ ।

अध्यागमन अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएकोदेखि अन्य प्रावधान अनुशार प्रारम्भिक रुपमा एसाइलमका लागि योग्य नभई देशनिकालाको प्रकृयामा रहेका व्यक्ति संघीय अदालतमा जान नपाउने भएका छन् । एकजना श्रीलंकनको मुद्दामा फैसला गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो ।

ती श्रीलंकनको एसाइलमको क्रेडिबल फियर अन्तरवार्तामा अध्यागमन अधिकारीहरुले उनको एसाइलमको दावी अस्वीकार गरेका थिए । त्यसपछि देशनिकालाको प्रकृयामा गएका ती व्यक्तिको मुद्दा अमेरिकाको सबौच्च अदालतसम्म पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्चको यो निर्णयलाई ट्रम्प प्रशासनको जीतका रुपमा लिइएको छ । ट्रम्प प्रशासनले अमेरिकामा एसाइलममा नाटकीय रुपमा विभिन्न नियम ल्याएर सिमाबन्दी गरिरहेको सन्दर्भमा यो निर्णयले ट्रम्प प्रशासनलाई अझ सहज बनाएको छ ।

यो निर्णयमा सर्वोच्च अदालतका ९ मध्ये ७ जना न्यायाधिसहरुले साथ दिएका छन् । ५ जना रुढीवादी र २ जना प्रगतिशिल न्यायाधिसहरुले यो निर्णयमा साथ दिएका हुन् । यदि संघीय अदालतले अध्यागमन अधिकारी र अध्यागमन न्यायाधिसले लिएका एसाइलमका निर्णयहरुमा पुनरावलोकन गर्न थालेमा तीब्र गतिको देशनिकाला प्रणालीमा भार बन्ने अदालतको निर्णयमा उल्लेख छ ।

हालको नियम अनुशार अमेरिकामा एकसय माइलभित्र पक्राउ परेका र गैरकानुनी रुपमा अमेरिका छिरेको १४ दिनभित्र पक्राउ परेका कागजपत्रविहिनहरु तीब्र गतिको देशनिकालामा पर्नसक्छन् । उनीहरुलाई कुनै अदालती सुनुवाई विना नै देशनिकाला गर्नसकिने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com