अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमित बढे, १० दिनमा १ लाख परीक्षण गर्ने तयारी


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

भिक्टोरियाका विभिन्न क्षेत्रमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्न थालेपछि यहाँको सरकारले व्यापक परीक्षण गर्ने योजना ल्याएको छ । जस अन्तर्गत आगामी १० दिनभित्र १ लाखजनाको परीक्षण गरिनेछ । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले व्यापक परीक्षण प्रभावकारी हुने आशा व्यक्त गरे ।
“विगत ९ दिनदेखि हरेक दिन कोरोना संक्रमितको संख्या दुई अंकमा देखिएको छ भने गएको २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । अहिले फैलिरहेको अवस्था समूदाय फैलावटको चरणजस्तो देखिन्छ जहाँ कसबाट कसरी सरेको हो भन्ने पत्तो नै लाग्दैन । अहिले मेलबर्नमा त्यस्तै भइरहेको छ”, एक अधिकारीले भने ।
यतिबेला सबैभन्दा बढी संक्रमित देखिएका क्षेत्रमा

Keilor Downs
Maidstone
Albanvale
Sunshine West
Hallam
Broadmeadows
Brunswick West
Fawkner
Reservoir
Pakenham

रहेका छन् । प्रिमियर एन्ड्रयूले यी क्षेत्रमा ५० प्रतिशत मानिसहरुको परीक्षण गर्ने बताए । “१० दिनभित्रमा एक लाखको परीक्षण गर्न सकिएमा कोरोना संक्रमणको फैलावट रोक्न सकिनेमा म विश्वस्त छु”, उनले भने । कसरी १० लाखको परीक्षण हुन्छ त ? उनले भने, “हरेक गल्ली गल्लीमा एम्बुलेन्स या मेडिकल भ्यानमार्फत परीक्षणको व्यवस्था गरिनेछ । घर घरमा पुगेर कोरोनाबारे चेता दिने र परीक्षण गर्ने कार्यगर्ने योजना छ ।” यस्तै परीक्षण केन्द्रहरुको संख्या बढाएर १ सय ३५ बनाइने भएको छ भने नयाँ १० ड्राईभथ्रू टेष्ट सेन्टर सञ्चालनमा ल्याइनेछ । छिटो नतिजाको लागि न्यूसाउथवेल्स, तास्मानिया, क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलियामा स्वाब पठाउने तयारी छ ।

माई नेपाल टेलिभिजनबाट साभार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com