बालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ
प्रकाशित मिति : असार १०, २०७७ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/06/351810aa4dce312858b8fe351e02b3b2_w1000_h500_cp.jpg?fit=1000%2C500&ssl=1)
प्रधानमन्त्री निवास नजिकै बालुवाटार क्षेत्रबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन्।
उनीहरु रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोध गर्दै प्रधानमन्त्री निवासमै ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ परेको साझा पार्टीका नेता समेत रहेका अभियन्ता प्रकाश परियारले जानकारी दिएका छन्।
उनीहरुलाई पक्राउ गरेपछि प्रदर्शनमार्ग स्थित नेपाल पुलिस क्लवमा राखिएको छ।
रुकुमको सोतीमा गत महिना अन्तरजातीय प्रेम र विवाहका सन्दर्भमा विवाद भई छ जना युवाको हत्या भएको थियो।