गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा बसाल्नु


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com