जापानले पत्ता लगायो कोरोना परीक्षणको नयाँ तरिका, २५ मिनेटमा नतिजा आउँने
प्रकाशित मिति : असार ८, २०७७ सोमबार

गत डिसेम्बर अन्तिम सातामा चीनको वुहान सहरबाट शुर भएको कोरोना भाइरसका कारण विश्वभर लाखौं मानिसको ज्यान गइसकेको छ । भाइरस फैलिएको ६ महिना हुन लागिसक्दा पनि भाइरस विरुद्धको भ्याक्सिन बन्न सकेको छैन ।
यसैबीच जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्यालबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नयाँ तरिका विकास गरेका छन् । यो नयाँ तरिकाबाट कोरोनाको २५ मिनेटमा परीक्षणको नतिजा आउँछ ।
जापानी विश्वविद्यालयका साथमा काम गरिरहेको एक मेडिकल र्फमले यो टेस्टको लागि काम गरिरहेको बताएको छ । साथै मानिसहरुले घरमा नै बसेर यसको परीक्षण गर्न सक्ने बताएको छ ।
बेलायतमा पनि यस्तै सलाइवा टेस्टिङको परीक्षण चलिरहेको छ ।