देशकाे नयाँ नक्सा


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

शरद पौडेल

माैसुफहरू यतिखेर

छापिरहेछन देशकाे नयाँ नक्सा

भूगाेलकाे नयाँ नक्सा,

लिम्पियाधुरा, कालापानी र लिपुलेक ।

तर मित्र,

मेरा लागि देशकाे नक्सा

माटाे त हाे,

तर माटाे मात्र हाेईन ।

त्यसैले त म देखिरहेछु

अरू धेरै थाेक पनि नक्सामा ।

अलि रामरी नियाल्याै भने,

तिमिले पनि देख्नेछाै मित्र

मेराे देशकाे नयाँ नक्सामा अरू धेरै ।

देख्नेछाै तिमीले नक्सामा,

दाेस्राे दर्जाका नागरिकहरू ।

सदियाैं देखि

जाे ठानिएका छन् पाईतालाकाे धुलाे

वा पुरूष गाेडाका जुत्ताहरू ।

जाे बनाईएका छन् अस्मिताहीन,

जाे बलत्कार पछि

अलपत्र पारेर बारीमा फालिन्छन्

हाे मित्र,

मेराे देशकाे नयाँ नक्सा

मझेरीमै लुटुपुट्याईएका

बलत्कार पछि झाडितिर फालिएका

सयाैं हजाराैं नीर्मला पन्तहरू ।

नक्सामा देखिनेछन्

राज्य अाँखाकाे मासिन्या मतवाली

भाेकले सडकमै ढलेका

सूर्यबहादुर तामाङहरू ।

र अरू थुप्रै अनागरिकहरू

जाे समाज अाँखामा वेमाेल

यतिबेला राज्यले पस्केकाे साैगात

भाेकले थलिएर मरेका मलरा सदाहरू ।

हाे मित्र!

मेराे देशकाे नयाँ नक्सा

असैह्य भाेकले डसेर

बेवारिसे सडक हुँदाे नै ढलेका/ ढालिएका

हजाराैं सूर्यबहादुर र मलरा सदाहरू ।

मित्र देख्नेछाै !

तिमिले देख्नेछाै मेराे देशकाे नक्सामा

जातिय उच्चताका अहँकारी

स्वाँठहरूबाट सयाैं बर्षदेखि प्रताडित

मानवीय मर्यादा खाेसिएका,

जीवन गुमाईरहेका कथित दलितहरू

सयैं हजाराैं नवराजहरू !

हाे मित्र,

मेराे देशकाे नयाँ नक्सा

ब्राम्हणवादीहरूकाे लपेट खाएका

वर्णवादीहरूबाट खुसी खाेसिएका

र, हत्या गरिएका सयाैं हजाराैं नवराजहरू !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com