अन्धविश्वासमा रुमल्लिएका रक्तपिपासुहरु


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

– प्रकाश परियार नेपाली

 

माया त गरेकै हो

तिम्रो मायामा पागल हुने गरी

तर थाहा थिएन

हाम्रो मायामा जातीय पर्खालले

तगारो हाल्छ भन्ने !

 

माया पनी यती गरेछु

थाहा नै भएन

तिमीलाई खुसी दिने कसमहरु

आज, तिमीलाई पाउने सपना संगै

सपना मै उडी गए !

 

आट पनी गरेकै हो

सम्पुर्ण वाधाको सामना गर्न

तर थाहा नै भएन

अन्धविश्वासमा रुमल्लिएको रक्तपिपासुहरु

ज्यानकै पछी लाग्छन भन्ने !

 

दोष के हो बुझ्नै नपाई

ढुंगा मुढाको पिडा संगै

भेरी नदीको भिरबाट झर्दा

आश त थियो तिमी

मेरो हात समाउन आउछौ भन्ने !

 

गल्ती मेरो मात्र भयो

साथ त तिमीले पनी दिएकै थियौ

भोली तिम्रो पाप स्वीकार हुन्छ

थाहा थिएन

मेरो सजाय मृत्यु हून्छ भन्ने !

बोस्टन, अमेरिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com