लकडाउनमा धैर्य बन्न नायिक मास्केको सुझाव


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

चलचित्र द ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी शिल्पा मास्केले कागजपत्र, सानो मन, काठपुतली जस्ता चलचित्रमा अभियान गरेकी छन । उनले थुप्रै म्युजिक भिडियो, फोटोसुट , एड पनि गरिसकेकी छन् ।

उनले नेपाली चलचित्र क्षेत्रमा मात्र नभई हलिउड, बलिउडमा पनि अभिनय गरेकी छन् । शिल्पा मास्केले हलिउडमा डाक्टर स्ट्रेन्ज, मिसन इम्पोसिभल, फलआउट जस्ता चलचित्रमा अभिनय गरेकी छन भने हलिउड सर्ट फिल्म ’एलिफेन्ट’ मा पनि अभिनय गरेकी छन् ।

बलिउड चलचित्र गोल्डमा अभिनय गरेकी शिल्पा पछिल्लो समयमा नेपाली चलचित्रमा व्यस्त छिन् । उनका चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन नगरे पनि शिल्पाको अभिनयको भने दर्शकले खुलेर तारिफ गर्दै आएका छन् । आफ्नो पात्रलाई शिल्पाले न्याय दिने गरेको केही चलचित्रकर्मी बताउछन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । शिल्पाले पनि आफ्नो यो समय परिवारसँग बिताउँदै आएको बताईन । शिल्पाले यो समयमा आफुलाई प्रोडेक्टिभ बनाउन प्रयास गरिरहेको जानकारी दिएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाईरस कारण गरिएको यो लकडाउन सबैको लागि भएका कारण यस्को पूर्णपालना गर्न उनको आग्रह छ । यो लकडाउनका कारण लामो समयसम्म घरबाट बाहिर निस्किन नपाउँदा धेरैलाई अत्यास र निराश लागेको भए पनि यस्तो परिस्थितिमा धैर्यता र सकारात्मक सोच राख्न उनले आग्रह गरेकी छन् ।

यो समय प्रोडे्क्टभिटी चेक गर्न समय नभएका कारण प्रोडेक्टिभ हुने चाहनामा आफुले आफैलाई प्रेसर नदिन र आफुलाई जे कुरा गर्न सजिलो लाग्छ त्यही गर्न पनि उनले आग्रह गरेकी छन् । घरमै बसेर व्यायाम गर्दा शरीरलाई उत्साहित बनाउने उनको अनुभव छ ।

सामाजिक सञ्जाल धेरै प्रयोग गर्दा र टिभी धेरै हेर्दा मानिसको दिमागलाई डल बनाउने हुँदा यस्को प्रयोग धेरै नगर्न पनि उनले आग्रह गरेकी छन् । उनले कोरोना भाईरस सम्बन्धी समाचारको अपडेट रहन पनि आग्रह गरेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com