गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो चर्चा परिचर्चामा 


प्रकाशित मिति : चैत्र २०, २०७३ आईतबार

 
नेपाली सांगितिक जगतमा एकदमै चर्चित यूवा गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ l 
 
यूटुवमा अपलोड गरेको दुई दिनमै १ लाख ७० हजारभन्दा बढी दर्शकले भिडियो हेरी सकेका छन । यो गीतले खरेललाई पुनः एक पटक चर्चाको शिखरमा पुर्याएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जिति सकेको देखिन्छ ।
 
अपहरण शैलीमा प्रियंका कार्कीलाई देखाइएको यो म्यूजिक भिडियोमा प्रमोद र प्रियंका मुख्य पात्रका रुपमा प्रस्तुत भएका छन भने अर्जुन तिवारीको छायॉंकन, सहास शाक्य को संगीत समायोजन, सम्पादन निशान घिमिरे र निर्देशन सुब्रत राज अाचार्य को रहेको छ साथै यस गितको निर्मात्री दीपा सिटौला रहेकी छिन l 
 
भिडियो हेर्न ?यहाँ किल्क गर्नु होला :
https://youtu.be/I1jEpn0qIYw
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com