थकित थकित जस्तै छ
हारे हारे जस्तै पनि छ
शायद विश्राम लिदैछ
शायद एकैछिन मौन ब्रतमा छ ।
हल्लाउँदै सारा सन्सारलाई
उचाई टेकेको अलिकति उन्माद पनि बाकी जस्तै जस्तै छ
निरीह त भनिहाल्न मिल्दैन पटक्क
तर अहिले आफैभित्र थोरै सम्बादमा छ ।
लेखा जोखा गर्दैहोला आफैभित्रको अभिमान
आफै विरुद्धको आफ्नै लडाइँ
शायद मौनता मा पर्खिरहेछ होला
फेरि अर्को कहिले नहारिने खेल
फेरि कहिल्यै झुक्न नपर्ने अभिमान
चुपचाप चुपचाप पर्खिरहेछ यो शहर ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
फ़ेरि न अस्ताउने घाम,फेरि बादल ले नछेक्ने निलो आकाश
रंगीचंगी धरती,भिड्भित्रको सेन्ट्रल पार्क
ब्यस्त,अभ्यस्त ब्रोडवेहरु
चमक दमक टाइम्स स्क्वायर
बैसालु रकफेलर सेन्टर,
ब्रुक्लिन ब्रीज,पर्खिरहेछन शायद
उहीँ दैनिकी ,उहीँ चहलपहल
उहीँ ब्यस्तता,उहीँ चन्चलता
मरेको छैन बिश्वास ,थाकेको छैन ।
चुपचाप शायद अहिले समाधिस्थ छ न्यू योर्क
पर्खदै एउटा अर्को चमत्कार ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।