पर्यटकका लागि पोखरामा छ वटा रेष्टुरेन्ट खुल्ने


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पु-याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ ।

विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने निर्णय गरिएको हो ।

रेवानका अध्यक्ष भिमसेन भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि लेकसाइडका अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट र ग्रेट वाल रेष्टुरेन्ट, बाराही चोकस्थित मुनडान्स रेष्टुरेण्ट, गौरिघाटस्थित होटल ग्लासिएर, सेण्टर प्वाइन्टस्थित सम्राट तन्दुरी तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने छ ।

तोकिएका रेष्टुरेन्ट मध्ये ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकी रेष्टुरेण्टमा सबैखाले खानाका परिकार पाइने उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेन्टहरुले कोरोना सङ्क्रमणबाट जोगिने गरी मास्क, स्यानिटाइजर तथा अन्य आवश्यक सतर्कता अपनाउँदै ग्राहकलाई सेवा दिने रेवानले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com