कोभिड–१९ सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

sf7df8f}F, ^ r}t . u[xdGqfnodf cfof]lht /fli6«o ljkb hf]lvd Go”gLs/0f tyf Joj:yfkg k|flws/0fsf] l;+xb/af/df a;]sf] a}7sdf sf]/f]gf /f]usf] /f]syfd tyf gful/snfO{ s;/L ;”/IfLt agfpg ;lsG5 eGg] af/]df cfof]lht 5nkmn sfo{qmddf pkl:yt u[xdGqL /fdaxfb’/ yfkf, :jf:y tyf hg;+VofdGqL efg”eQm 9sfn, ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL x[bo]z lqkf7Lnufot g]kfn ;/sf/sf lhDd]jf/ k|ltlglw . t:jL/ M k|bLk/fh jGt, /f;;

प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने र कोरोना भाइरसको परीक्षणका लागि मेडिकल सामग्री उपलब्ध गराई औषधि मौज्दात राख्ने प्रबन्ध गर्ने रहेको छ ।

त्यस्तै सरकारी, सामुदायिक र निजी अस्पतालबीच आवश्यक समन्वय गरी कोरोना भाइरसबाट सङ्क्रमण रोकथामका लागि आइसीयू र आइसोलेसन राख्ने, सातै प्रदेशमा यो उपचार तथा परीक्षणको हुन सक्ने गरी प्रबन्ध गर्ने निर्देशन दिइएको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा मेडिकल विज्ञ समूह खडा गरी कोरोना भाइरसविरुद्ध लड्न चिकित्सकको मनोबल वृद्धि गरी चिकित्सकको सुरक्षामा विशेष ध्यान पु¥याउन निर्देशनमा भनिएको छ । निर्देशनमा कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरेको मित्रराष्ट्र चीनको व्यवस्थापकीय पक्षको जानकारी लिई देशभर सञ्चारमाध्यममार्फत तत्काल जनचेतनाको अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

माक्स, औषधि तथा अतिआवश्यक वस्तुको अभाव देखाउने काम भएको हुनाले कालाबजारी रोक्न गृह र उद्योग तथा वाणिज्य मन्त्रालयलाई समितिले निर्देशन दिएको हो । विपद्का बेला राजनीतिक दलको एकतालाई स्वागत गर्दै स्थानीय तहको वडा तहसम्म राजनीतिक दलका भातृ सङ्गठनमार्फत कोरोना सम्भावित सङ्क्रमणलाई रोक्ने अभियान सञ्चालन गर्ने रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै, कारागार, बालगृह, अनाथालयलाई न्यूनीकरण गरी त्यहाँ बस्ने सम्पूर्ण नागरिकलाई सुरक्षा दिन निर्देशन दिइएको छ । समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई समितिले दिएको १० बँुदे निर्देशनको जानकारी दिँदै सञ्चारमाध्यमले कोरोनाभाइरससम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा सत्य, तथ्य र वस्तुनिष्ठ जानकारी मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

समितिको बैठकमा सांसद सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, बालकृष्ण खाँड, गोमा देवकोटालगायतले सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रणलाई रोक्न आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने र बजारमा अतिआवश्यक वस्तुलाई लुकाएर कालोबजारी गर्नेलाई कडा कारवाही गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com