अमेरिकामा नेपाली : कोरोनाको पहिलो आर्थिक मारमा रेष्टुरेण्ट व्यवसायी


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

केहीसमय पूर्णरुपमा नै बन्द भएको थकाली किचनमा अहिले टेकआउट र अनलाइन डेलिभरी संचालनमा छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकबाहेक अमेरिकामा ग्रिनकार्डवाहक र नागरिकताप्राप्त नेपालीहरुको संख्या झण्डै डेढलाख रहेको छ । त्यो बाहेक विभिन्न भिसामा रहनेहरु, एसाइलम पेन्डिङ अवस्थामा रहनेहरु, टीपीएसमा रहनेहरु र कागजपत्रविहिन नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष वा अप्रत्यक्षमार सबैमा परेको छ । तर सबैभन्दा पहिलो र ठूलो मार नेपालीको रेष्टुरेण्ट व्यवसायमा परेको छ । सरकारले न्युयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड लगायतका राज्यहरुमा रेष्टुरेण्ट बन्द गराएका कारण त्यसमा नेपालीहरुका रेष्टुरेण्टहरुपनि उल्लेख्यमात्रामा रहेका छन् ।

न्युयोर्कको ज्याक्सनहाइट क्षेत्र नेपालीको रेष्टुरेण्ट व्यवसायको मुख्य हब हो । न्युयोर्कको ज्याक्सनहाइटदेखि सन्नीसाइडसम्मको क्षेत्रमा एकदर्जन भन्दा बढी नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेका छन् । ती मध्ये अधिकांश रेष्टुरेण्टहरु मंगलबारदेखि बन्द भएका छन् । कतिपय खुलेका रेष्टुरेण्टहरुले टेकआउट र डेलिभरीमात्र संचालन गरिरहेका छन् ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लालिगुराँश रेष्टुरेण्ट, जसमा टेकआउटमात्र संचालनमा छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चर्चित नेपाली रेष्टुरेण्ट मुस्ताङ थकाली किचनमा शनिबारदेखि नै शटर लागेको छ । सन् २००८ देखि संचालनमा रहेको मुस्ताङ थकाली किचन कोरोनाको त्रासका कारण बन्द गर्नुपरेको छ । संचालक नविन शेरचनले भन्नुभयो हामीले शनिबारदेखि नै रेष्टुरेण्ट बन्द गरेका छौं । व्यापारमा गिरावट आएका कारण रेष्टुरेण्ट बन्द गर्नुपरेको हो । अब कहिले खोल्ने ठेगान छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले मंगलबारदेखि रेष्टुरेण्ट बन्दको घोषणा गर्नुभन्दा तीनदिन अगाडि देखि नै मुस्ताङ थकाली किचन बन्द भएको हो । सबै स्टाफहरुलाई बिदा दिइएको छ । शेरचनले भन्नुभयो – ‘एकातिर ग्राहकको स्वास्थ्यलाई जोखिममा राख्नु उचित लागेन । अर्कोतर्फ ब्यापारमा निकै गिरावट आयो । त्यसैले बन्द गरेका छौं ।’

थकाली किचनसहित लस्करै रहेका अरु दुईवटा रेष्टुरेण्टमा पनि मंगलबारदेखि ताला लागेको छ । ७५ स्ट्रीटको कर्नरमा रहेको क्याफेमा भित्र बसेर कफी पिउन वा खाना खान रोक लगाइएको छ । तर टेकआउट भने अहिले पनि संचालनमा रहेको छ । यद्यपी टेक आउटका लागि जाने ग्राहकको संख्या भने न्यून रहेको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लालिगुराँश रेष्टुरेण्ट पनि मंगलबारदेखि लगभग बन्दकै अवस्थामा रहेको छ । यो रेष्टुरेण्टले अहिले टेकआउट सेवा भने संचालन नै गरिरहेको छ । तर डाइन इन सेवाभने मंगलबारदेखि नै बन्द गरिएको छ ।

शिकागोमा नेपाल हाउस र शिकागो करी हाउस नामका तीनवटा रेष्टेरेण्ट संचालन गरिरहनुभएका व्यवसायी बाला घिमिरेले आफ्ना तीनवटै रेष्टुरेण्टमा सोमबार रातीदेखि डाइन इन सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘तीनवटै रेष्टुरेण्टमा टेकआउट सेवा जारी छ । डाइन इन बन्द हुँदा परेको क्षति टेकआउटबाट कभर हुने अपेक्षा गरेका छौं ।’

त्यस्तै मेरिल्याण्डमा पनि रेष्टुरेण्टहरु बन्द भएका छन् । सिल्भरस्प्रींगमा घर ए कबाबका संचालक लोक तिवारीले आफूहरुको रेष्टुरेण्टमा आइतबार राती देखि नै डाइन इन बन्द रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सोमबार हामीले नियमित रुपमा नै रेष्टुरेण्ट बन्द गर्दै आएका छौं । तर मंगलबारदेखि टेकआउटमात्र संचालनमा रहेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com