नारीको जीवन
प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

– लाल प्रसाद चौलागाईं
जव म छोरी भयर जन्मिए
बा आमाले भन्नुभयो ,
घरमा लक्ष्मीको बाँस भयो ,
बुढेसकाल सम्म बाच्ने आस भयो ,
घरमा देविको रुपमा पुजियो मलाई
सुभकार्यमा कन्य केटी भनेर पुजियो मलाई
बिस्तारै पढ्दै गए , उमेर बढदै गयो ,
बा आमाले भन्नुभयो ,
छोरीमान्छे धेरै बोल्नु हुदैन ,
छोरीमान्छे धेरै खेल्नु हुदैन,
छोरीमान्छे उन्मतो हास्नु हुदैन ,
र मैले त्यसैनै गरे ,
धेरै बेर हासिन ,
धेरै बेर खेलिन ,
र उन्मतो हासिन् पनि ,
तर मन खुम्चदै गयो ,
मेरो संसार साघुरो लाग्दै गयो !
जब एक दिन कुनै घरको बुहारी बने
आफ्नो घर परिवर्तन गरे ,
आफ्नो थर परिवर्तन गरे ,
बिस्तारै मन पनि परिवर्तन गरे ,
एकदिन सासु ससुराले भन्नुभयो ,
बुहारी मान्छे कलेज पढ्नु हुँदैन ,
बुहारी मान्छे ठाडाे सिर पार्नु हुदैन ,
बुहारी मान्छे उन्मतो हास्नु हुदैन ,
पोथी बास्नु हुदैन ,
र मैले त्यसैनै गरे ,
पढ्न कलेज गइन
कहिल्यै ठाडाे सिर गरिन
कहिल्यै हासिन , अनि बासिन पनि !
तर मन अझ खुम्चदै गयो ,
मेरो संसार अझै साघुरो लाग्दै गयो !
सोही दिन म कसैको स्वास्नि मान्छे बने
आफ्नो रहर मनमै सिमित राखे ,
पति परमेस्वरलाई इश्वर माने ,
र हरेक रात उसैको ओछ्यान बने ,
पतिले भन्नुभयो ,
स्वास्निमान्छे धेरै हिड्न हुदैन ,
स्वास्निमान्छे धेरै समाजमा चिन्नु हुदैन ,
स्वास्निमान्छे रहर पूरा गर्नेगरी किन्नु हुदैन ,
र मैले त्यसैनै गरे ,
धेरै बेर हिंड्न,
समाजमा धेरै चिनिन्
र रहरका कुरा किनिन् पनि !
र एकदिन म आमा पनि बने
छोराछोरीले भने ,
आमाले छोराछोरीको लागि बाच्नुपर्छ ,
आमाले छोराछोरीको लागि सबै सम्पत्ति साच्नुपर्छ ,
आमाले छोराछोरीको इसारमा नाच्नुपर्छ ,
र मैले त्यसैनै गरे ,
छोराछोरीको लागी बाचे ,
छोराछोरीको लागि सबै कुरा साचे ,
छोराछोरीकै इसारामा नाछे पनि ,
मनको खुम्च्याइ बढदै गयो
मेरो फराकिलो संसार घढ्दै गयो !
समयको मागले होला ,
आज म एउटा विधुवा बनेको छु ,
मबाट मेरो जिन्दगीको रङ खोसियको छ ,
समाज भन्छ ,
मैले रातो रङ लगाउनु हुँदैन ,
सुभकार्य गर्नु गराउनु हुँदैन ,
र स्वतन्त्र जीवन बाच्नु हुँदैन ,
र म र मैले त्यसैनै गर्दैछु ,
रातो लगाएकी छैन ,
सुभकाम गराएकी छैन ,
स्वतन्त्र बाचेकी छैन पनि !
र अब पुर्ण रुममा खुम्चिए ,
अनि मेरो संसार पुरै साघुरियो पनि !
म छोरी बने ,
कुमारी बने,
लक्ष्मी बने,
बुहारी बने,
स्वास्नी मान्छे बने,
आमा बने ,
विधवा बने,
अपवित्र पनि बने ,
एक प्रश्न मेरो समाजलाइ ?
अनि नारी दिवस मनाउनेहरु ?
के यहि हो नारीको जिवन ?
अनि यति सस्तो छ , नारिको जीवन ?
कोलोराडाे,अमेरिका