मार्च १२ बाट अमेरिकामा जनगणना सुरु, अमेरिकामा रहेका सबै नेपालीले यो वेवसाइटमार्फत भर्नुहोस् विवरण


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

आगामी मार्च १२ बाट अमेरिकामा जनगणना सुरु हुने भएको छ । विगतका जनगणनामा अमेरिकामा रहेका  धेरै नेपालीहरुले भाग नलिएका कारण अमेरिकाको आधिकारिक तथ्यांकमा नेपालीहरुको संख्या कम देखिएको छ , जसका कारण नेपालीहरुले कैयन सरकारी सुविधा र साधन श्रोतमा पहुच प्राप्त गर्न सकेका छैनन् ।

विभिन्न सुविधा र साधन श्रोतमा पहुच स्थापनाका लागि नेपाली समुदायलाई जनगणनामा सहभागी हुन अनुरोध गरिएको छ । मार्च १२ पछि यो वेवसाइटमा गएर विभिन्न प्रश्नहरुको जवाफ दिएर जनगणनामा सहभागी हुन सकिनेछ ।

जनगणनामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

सयौं बिलियन डलरको संघीय फण्डको उचित हिस्सा न्युयोर्क सिटीले प्राप्त गर्ने सुनिश्चितताका लागि जनगणनामा भाग लिन न्युयोर्कबासीहरुलाई मेयर बिल डे ब्लाजिओले आव्हान गरेका छन् । जतिधेरै न्युयोर्कबासीले जनगणनामा सहभागिता जनाउँछन्, त्यती नै धेरै शिक्षा, स्वास्थ्य, आवास, बाटोघाटो र पुल निर्माण लगायतका क्षेत्रमा न्युयोर्क सिटीले संघीय रकम प्राप्त गर्नेछ । किनभने यो बजेट जनसंख्याका आधारमा निर्धारण गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

1-844-330-2020 नम्बरमा फोन सम्पर्क गरेर पनि जनगणनामा सहभागिता जनाउन सकिनेछ । मार्च १२ पछि मे महिनाको मध्यसम्म जनगणना चल्नेछ । जुनसुकै अध्यागमन स्टाटस भएकाहरुलाई पनि जनगणनामा सहभागिता जनाउन आब्हान गरिएको छ । सेन्सस फर्ममा नागरिकता वा अध्यागमन स्टाटसबारे प्रश्न नभएकाले ढुक्कसँग सहभागी हुन आव्हान गरिएको छ । साथै जनगणनाको विवरण सरकारका अध्यागमन कार्यान्वयन निकायलाई प्रदान गर्न वर्जित गरिएको छ ।

कानुन अनुशार जनगणना जानकारी मात्र तथ्याकीय उद्देश्यको लागि प्रयोग गर्न सकिन्छ । कुनै पनि तरिकामा एक व्यक्ति वा परिवारको विरूद्ध प्रयोग गर्न नपाउने कानुन रहेको छ । जनगणना ब्यूरोले कुनै पनि सरकारी एजेन्सीहरू, निजी व्यक्तिहरू वा कम्पनीहरूसँग व्यक्तिगत जानकारी साझेदारी गर्दैन ।

जनगणना ब्यूरोले अध्यागमन कानुन कार्यान्वयन निकायहरु, अन्य कानुन कार्यान्वयन निकायहरु, अरु कुनै संघीय, राज्य, वा शहर एजेन्सीहरू र घर मालिकहरूलाई यस्तो विवरण प्रदान गर्दैन ।

जनगणना के हो?

जनगणनाले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने हरेक वयस्क, शिशु र बच्चालाई गिन्ती गर्छ। यो गणना हरेक दश वर्षमा सरकारी निकाय अर्थात यु.एस. जनगणना ब्यूरोद्वारा गरिन्छ ।

हरेक घरका एकजना व्यक्तिले अनलाइनबाट वा फोन वा हुलाकबाट जनगणना पूरा गर्नुपर्छ। नयाँ जन्मिएका, साना बालबालिका र धेरै जसो आफूसँग सुत्ने साथी वा परिवार सदस्यहरू सहित आफ्नो ठेगानामा बस्ने सबैजनालाई गिन्ती गर्नुहोस्।

यदि स्थायी ठाउँ नभएको र अप्रिल १, २०२० देखि यहाँ बस्ने कोही व्यक्ति हुनुहुन्छ भने, उक्त व्यक्तिलाई पनि गिन्ती गर्नुहोस्।


यो किन महत्त्वपूर्ण छ ?

जनगणनाले महत्त्वपूर्ण डाटा उपलब्ध गराउँछ जसले तपाईंको जीवनको विभिन्न पक्षहरूलाई आकार दिन्छ। कानूननिर्माता, व्यवसायको मालिक, शिक्षक र अन्य धेरैले तपाईंको समुदायमा सेवा, उत्पादन र सहायता उपलब्ध गराउन यो डाटालाई दैनिक प्रयोग गर्दछन्।

हरेक वर्ष, सेवा, जनगणनाका डाटाका आधारमा करोडौं डलरका संघीय कोषहरू अस्पताल, अग्नी विभाग, विद्यालय, सडक र अन्य स्रोतहरूमा खर्च गरिएको हुन्छ। जनगणनाको डाटाले कंग्रेसमा हुने हरेक सिटको निर्धारण गर्छ र तिनीहरूलाई मतदानका जिल्लाहरूका सीमाहरू कोर्न प्रयोग गरिन्छन्। जनगणना गर्ने कार्य संयुक्त राज्य अमेरिकाको संविधानद्वारा पनि आवश्यक छ: धारा १ को उपधारा २ मा संयुक्त राज्य अमेरिकाले हरेक दश वर्षमा आफ्नो जनगणना गर्छ भनिएको छ। पहिलो गणना सन् १७९० मा भएको थियो।

गोपनीयता र सुरक्षा

तपाईंले उपलब्ध गराउनु हुने जवाफहरू तथ्याङ्कहरू निर्माण गर्न प्रयोग गरिन्छ। कानूनद्वारा जनगणना ब्यूरोले तपाईंका जवाफहरू सुरक्षित गर्न र तिनीहरूलाई कडा गोपनीयताका साथ राख्न आवश्यक पर्छ। वास्तवमा सबै कर्मचारी तपाईको व्यक्तिगत जानकारीलाई जीवनकालभर संरक्षण गर्न शपथ खाएका हुन्छन्।

यु. एस. संहिताको शीर्षक १३ मा, जनगणना ब्यूरोले तपाईं, तपाईंको घर वा तपाईंको व्यवसायलाई पहिचान गर्न सकिने कानकारी कसैलाई पनि अर्थात कानून प्रवर्तन निकायहरूलाई पनि खुलासा गर्न सक्दैनन्। कानूनले तपाईंको डाटा संरक्षित गरिन्छ र तपाईंका डाटालाई सरकारी निकाय वा अदालतद्वारा तपाईंका विरुद्ध प्रयोग गर्न सक्दैनन् भनी सुनिश्चित गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com