एकले अर्काको अस्तीत्व स्वीकारेर एकताबद्ध हुनु नै शिवरात्रीको सन्देश


प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

– पं. उद्धव शास्त्री

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको दिनलाई शिवरात्रीको रुपमा मनाईन्छ । यस दिन भगवान शिवको ज्योतिर्लिंग उत्पत्ति भएको कुरा धर्मशास्त्रमा उल्लेखे छ ।
श्रीमद्ध भागवत अनुशार श्रीकृष्णले जव सृष्टिका लागि संकल्प गर्नु भयो तव उहाँका दिब्य विग्रहबाट तीन पुरुष पैदा भए । जसमा रजोगुणको प्रधानता भएका ब्रम्हा सत्वगुणको प्रधानता भएका विष्णु एवं तमोगुण प्रधान भएका रुद्र प्रकट भए । श्री श्रीकृष्णले तीनै देवतालाई क्रमशः जगतको उत्पत्ति, पालन र संहार गर्ने कार्यको अधिकार प्रदान गर्नुभयो ।

यसरी ब्रम्हा विष्णु र शिवले जगतको सम्पूणू व्यवस्था सुचारु गरिरहनु भएको छ । भगवान शिव जगतका समस्त प्राणीहरुको संहार कार्य आफ्ना विशेष पार्षद यमराज ( धर्मराज) द्धारा गर्नु हुन्छ भने आफू स्वयं जगतका सम्पूर्ण प्राणीहरुको रक्षा गर्नुहुन्छ । शिवको अर्थ कल्याण हो । यथा नाम गुण अुनुरुप भगवान शिव समस्त प्राणीहरुको कल्याण गर्नुहुन्छ । तुरुन्तै सजिलै प्रशन्न हुने हुनाले भगवान शिवलाई आशुतोष भनिन्छ । आशु भनेको तत्काल र तोष भनेको सन्तुष्ट, त्यसैले आशुतोष ।

भगवान शिवलाई देवत, दानव, मानव सबैले आफ्ना ईष्टदेवको रुपमा पुज्दछन् । जव जव दुनियामा संकट पर्दछ तव भगवान शिवले नै सबै प्राणीलाई संकटमुक्त गरेको इतिहास छ । देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा जव कालकुटविष निस्कियो त्यस विषले सारा संसारका प्राणीहरुलाई जलाउन थाल्यो । त्यस विषको ज्वालालाई कसैले शान्त गर्न सकेनन् तव सबै देवताहरुले भगवान शिवको प्रार्थना गरे । भगवान शिवले त्यो विष पान गर्नुभयो त्यसलाई पचाउन सक्ने शक्ति भगवानमा थियो । त्यसले भगवानको घाटी निलो भयो । अतः त्यसै दिनदेखि भगवान शिवलाई निलकण्ठ भन्न थालियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भगवान शिवलाई देवताहरुले त पूज्दछन् नै । दानवहरुले समेत पूज्छन् । उदाहरणका लागि रावण सदैव भगवान शिवको स्तुती प्रार्थना गर्दथ्यो । रावणद्धारा विचरित शिवताण्डवस्त्रोत दुनियामा प्रसिद्ध मानिन्छ । त्यस्तै नव ग्रहमध्येको चाण्डाल ग्रहको रुपमा प्रसिद्ध शनिश्चर समेत भगवान शिवको अनन्य भक्त हो । मानिसहरुले त भगवान शिवको आराधना उपासना गरी नै रहेका छन् ।

जस्तो सुकै अपराधी वा पापी भएपनि भगवान शिवको भक्तिले निर्मल भै पावन बन्दछ । र संसारमा सुख भोग गरि अन्त्यमा शिव लोकको वास पाउँछ । यानेकी जतिसुकै पतितलाई पनि भगवान शिव पावन गरि शरणागतिमा लिनुहुन्छ । इहलोक परलोक दुबै सुध्रन्छ शिव भक्तको भन्ने मान्यता लोकमा रहेको छ ।

भगवान शिव संसारका सबै प्राणीहरुलाई भिन्न भिन्न विचार भएपनि मिलेर बस्ने प्रेरणा दिनुहुन्छ । यो उहाँको परिवारमा समेत देखिन्छ । भगवान शिवको वहान साँढे हो भने माता पार्वतीको वहान बाघ । अव हामी विचार गरौं, एउटै घरमा सिहं र साँढे कसरी मिलेर बस्लान ?

शिवको गलामा सर्प सदैव रहन्छ भने उहाँका पुत्र गणेशको वाहन मुसा कसरी एउटै घरमा निवास गर्दाहुन् ? विचार गरौँ । वस्तुतः शिव परिवारको वाहनको रुपमा सर्प, मुसा, मयुर, बाघ र गोरु सदियौँदेखि मिलेर बसेका छन् । एकले अर्काको अस्तित्व स्वीकारेका छन् ।

शिवको सन्देश यो हो कि , संसार भनेकै विविधता हो । यहाँ धेरै खालका विचार, स्वभाव, रहनसहन एवं वातावरणमा हुर्केका मानिसहरु, प्राणीहरु हुन्छन् । ती सबैको अस्तीत्व स्वीकारेर सबैसँग मित्रवत् व्यवहार गर्दै जीवन यापन गर्नुपर्दछ । अनेकतामा एकताको भावना प्रत्येक मानवमा ल्याउन सके संसार द्धन्द्धमुक्त हुनेछ ।

सम्पूर्ण जगत ईश्वरको अनुपम रचना हो । यसमा भएका सबै प्राणीहरु ईश्वरकै सन्तान हुन् । ती सबैसंग वसुधैव कुुटुम्वकम्को भावनाको विकास गर्नु नै आजको आवश्यकता हो । यो नै शान्तिको मार्ग हो । यस्तो भावनाको विकास गर्नु नै शिवरात्रीको सन्देश हो । उद्देश्य हो ।

भगवान शिव सदैव प्रकृति एवं पर्यावरणको पर्यायवाची हुनुहुन्छ । उहाँको जरा वायुमण्डल हो भने मन चन्द्रमा र डमरु ध्वनी अर्थात संगीतको प्रतिक हो । आज हरेक मानिसले पर्यावरण संरक्षण शुरु गर्न र प्रदुषण कम गर्नु प्रयत्न गर्नु पर्दछ भन्ने भगवान शिवको सन्देश जीवनमा लागु गर्न सके साचो अर्थमा शिवरात्रीको अर्थ हुनेछ । मानवको कल्याण हुनेछ ।

शिव भनेकै कल्याण हो । यसैलाई आत्मसात गर्नु आजको आवश्यकता हो । यसपटक २१ फरबरी शुक्रबार शिवरात्री परेको छ । नेपाल तथा विदेशमा रहेका हिन्दु धर्मालम्बीहरुले भव्यरुपमा शिवरात्री मनाउँछन् । शिवरात्री पाठ रुद्राभिषेक, शिव आरती इत्यादि गरी शिवरात्री मनाउँछन् । यसैक्रममा न्युयोर्कको रिजउडमा रहेको नेपालीहरुको एकमात्र दुर्गा मन्दिर उक्तदिन दिनभर खुल्ला रहनेछ । विहान ६ वजेदखि राती १२ बजेसम्म शिवपूजा रुद्ध्रभिषेक, शिवआरती र भजनकीर्तन हुने कार्यत्रम रहेको छ ।

लेखक न्युयोर्क निवासी चर्चित नेपाली ज्योतिष पण्डित हुनुहुन्छ ।

पं. उद्धव शास्त्री

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com