अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीमाथि छुरा प्रहार


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा एकजना नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । अष्ट्रेलियामा अध्ययनका लागि गएकी धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो ।

स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको जनाइएको छ ।

छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो।

प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको छ ।

ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ। सोही क्रममा घर जाँदै गर्दा अचानक एकजना केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको जनाइएको छ ।

घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com