शिकागोका रेष्टुरेण्टमा नेपाल लेखेको टिसर्ट लगाउँदै ग्राहकलाई नेपाल भ्रमणको निम्ता


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

नेपाल भ्रमणको प्रवद्र्धन गर्न शिकागोमा सामाजिक व्यक्तित्व बाला घिमिरेबाट संचालित रेष्टुरेण्टमा सबै कर्मचारीहरुले नेपाल लेखेका टिसर्ट लगाएका छन् । एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाले औपचारिक रुपमा नेपाल भ्रमणबर्षको प्रवद्र्धन सुरु गरेको हो ।

यसै क्रममा रेष्टुरेण्टमा काम गर्नेहरु पनि नेपाल भ्रमण वर्षको टिसर्ट लगाएरै ग्राहकहरुलाई सेवा दिएका छन् । शिकागो करी हाउसमा फरबरी १४ मा कर्मचारीहरुले नेपालको प्रवद्र्धन गर्न टिसर्ट लगाएर काम गरेर कैयन ग्राहकहरुले यसबारे जिज्ञासा राखेका थिए । रेष्टुरेण्टमा आउने ग्राहकहरुलाई यसबारे बुझाउँदै नेपाल भ्रमणको निम्तो समेत दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाका पूर्व अध्यक्ष समेत रहनुभएका बाला घिमिरेले शिकागोमा आफू सम्बद्ध मिशिगन एभिन्युको नेपाल हाउस, डेभोन एभिन्युको नेपाल हाउस र प्लाइमाउथ कोर्टको शिकागो करी हाउसमा नेपालको प्रवद्र्धनका लागि अभियान चलाइएको बताउनुभयो ।

शिकागो करी हाउसमा यो अभियानको सुरुवात गर्दा एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाका वर्तमान कोषाध्यक्ष ओम दाहाल पनि हुनुहुन्थ्यो ।

यी रेष्टुरेण्टहरुमा प्राय अमेरिकन र अन्य समुदायका ग्राहकहरुको उपस्थीति हुनेगर्छ । रेष्टुरेण्टका संचालक घिमिरेले सबैको सानो सानो प्रयासबाट नेपालको प्रवद्र्धनमा योगदान हुने भएकाले टिसर्ट लगाएर सहयोग गर्ने कर्मचारीहरुलाई समेत धन्यवाद दिनुभएको छ ।

यी रेष्टुरेण्टहरुमा नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्य झल्काउने विभिन्न चित्र र पोष्टरहरु समेत लगाइएको छ । रेष्टुरेण्टका संचालक घिमिरे विगत लामो समयदेखि नै नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धनमा संस्थागत र व्यक्तिगत रुपमा सकृय रहदै आउनुभएको छ ।

एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाका अन्य पदाधिकारीहरुले पनि आआफ्नो क्षेत्रबाट यसरी नै नेपाल भ्रमणवर्षको प्रवद्र्धन सुरु गरेको घिमिरेले जानकारी दिनुभयो । एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाका अध्यक्ष बलराम पन्थी र महासचिव दिवाकर दाहालले सेन्ट लुइसबाट तथा पर्यटन कमिटिका तिलक केसीले विसकन्सिनबाट पर्यटन प्रवद्र्धनका लागि यस्तै अभियान सुरु गर्नुभएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com