कसैले बेचेको छ माया गुलाफको फुलमा
प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

पुर्वा सिंह
सजिएको छ प्रेमको बजार आज जताततै
मायाको मोलमोलाइ चलेको छ आज जताततै
कसैले बेचेको छ माया गुलाफको फुलमा
कसैले किनेको छ माया महंगो उपहारमा
बेच्ने पनि खुशी किन्ने पनि खुशी
तर हराएको छ साचों प्रेमको भावना यही बजारमा!
लाग्छ चलेको छ प्रतिस्पर्धा प्रेम देखाउने
कसैलाई जिताउने कसैलाई हराउने
माया त सुन्दर भावना हो कसैलाई सधै मनमा सजाउने
होईन कुनै बस्तु एक दिन मात्र देखाउने ।
देखाउन सिक प्रेम सधैंभरि ,सजाउन सिक माया मनै भरी
छैन कुन आैचित्य देखावटी मायाको ,
डुबी राख प्रेमको गहिराइमा जिवन भरी।
देहरादुन / भारत